Comments Add Comment

राज्य व्यवस्थामा फोरमका सांसदको चेतावनीः कसैको भलो हुने छैन

३ बैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सांसद लालबाबु राउतले सहमतिका लागि पहल गर्न प्रधानमन्त्री र प्रमुख विपक्षीलाई आग्रह गरेका छन् । साथै मधेसी मोर्चालाई सहमतिमा नलिई स्थानीय तहको चुनाव गरे मुलुक अनन्तकालीन द्वन्द्वमा फस्ने चेतावनी दिए ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधनका नाममा प्रधानमन्त्री प्रचण्डले ढाँट्ने काम गरेको आरोप लगाए । सेना परिचालन गरेर चुनाव गर्न लागिएको भन्दै उनले भने, यस किसिमको परिस्थिति बन्यो भने मुलुक द्वन्द्वमा फस्छ, कसैको भलो हुने छैन ।’

लोकतन्त्रमा सबैले चुनावमा भाग लिनुपर्ने भन्दै उनेल आन्दोलनरत पक्षलाई सहमति र चुनावमा ल्याउन प्रधानमन्त्री र प्रमुख प्रतिपक्षीले पहल गर्नु पर्ने बताए । ‘२/४ दिन पर्खिँदैमा केही हुँदैन, उनले भने, तर, जसरी चुनाव थोपर्ने काम गरिँदैछ । यो मुलुकका लागि दुर्भाग्य हुनेछ ।’

मधेसी मोर्चा तराई मधेसको मध्यमार्गी धार भएको भन्दै फोरम सांसद साउतले अघि भने, ‘हामीले आप्नो उपस्थिति खोजेको छौं । तर, राज्यको रबैया यस्तो रहृयो भने अतिवादतिर जानेछ र अनन्तकालीन द्वन्द्वमा फस्नेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment