Comments Add Comment

दीपेश सेमिफाइनलमा प्रवेश

१३ चैत, काठमाडौं । एपीएफ क्लबका दीपेश धामी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हलचोकस्थित एपीएफको कभर्डहलमा बुधबार सम्पन्न खेलमा दीपेश एपीएफकै गौतमसिंह कठायतलाई २१–१४ र २१–१८ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् । त्यस्तै, आर्मी क्लबका प्रफुल महर्जनले एपीएफ क्लबका सुदीप सेढाईलाई २१–१८ र २१–११, सिल्क ग्रुपका प्रिन्स दाहालले एपीएफ क्लबका सुनिल जोशीलाई २१–१५ र २१–१९ को सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका छन् ।

त्यस्तै, नेपाल पुलिस क्लबका जीवन आचार्यले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१८ र २१–१७ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका छन् ।

यसैगरी महिला एकतर्फको खेलमा आर्मीकी अमिता गिरीले मोरङकी सीमा राजबंशीलाई २१–१५ र २१–१९ को सेटमा पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेकी छिन् । आर्मीकी रशिला महर्जनले आर्मी कै रञ्जना भट्टलाई २१–११ र २१–१५ ले पराजित गर्दै सेमिफाइनलमा पुगेकी छिन् ।

मिक्स युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका दीपेश धामी र पुजा श्रेष्ठको जोडी, आर्मीका सुरोज महर्जन र अमिता गिरीको जोडी एपीएफका बिजित थापामगर र शोभा गौचनको जोडी र एपीएफका गौतमसिंह कठायत र सुनैना मुखियाको जोडी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment