+
+

नेपालगन्ज उप-महानगरपालिकामा ४२ प्रतिशतले मात्रै हात्तिपाईले बिरुद्धको औषधि खाए

आरपी सुवेदी आरपी सुवेदी
२०७४ वैशाख ३ गते ८:००

नेपालगन्ज । सरकारले सञ्चालनमा ल्याएका विभिन्न प्रकारका खोप तथा हात्तिपाईले बिरुद्धको औषधिको सबै भन्दा थोरै कभरेज नेपालगन्ज उप-महानगरपालिका क्षेत्रभित्र रहेको पाईएको छ ।

जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेले गत चैत महिनामा सञ्चालनमा ल्याएको हात्तिपाईले बिरुद्धको औषधि खुवाउने अभियानमा नेपालगन्ज नगरपालिकामा ४२ र जयसपुरमा ४९ प्रतिशतले मात्र औषधि सेवन गरेको तथ्याङ्क सार्वजनिक भएको हो ।

बरिष्ठ जनस्वास्थ्य प्रशाशक तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले नेपालगन्ज नगर क्षेत्र र जयसपुर स्वास्थ्य चौकीको कार्यक्षेत्रमा हात्तिपाईले बिरुद्धको औषधि अत्यन्तै न्यूनले मात्र खाएको बताए ।

‘रेण्डम सेम्पलिङ्गमा हात्तिपाईलेको जोखिममा रहेको नेपालगन्जमा नै यसको कभरेज अत्यन्त कमजोर हुन औषधि खाने ब्यक्तिहरु नै रोगप्रति सचेत हुन नखोज्नु हो,’ उनले भने, ‘आउने दिनहरुमा अभियानमा अत्यन्त न्यून कभरेज भएका ठाउमा विशेष अभियान सञ्चालन गर्ने योजना बनाउदै छौ ।’

बाँकेमा हात्तिपाईले बिरुद्धको आभियानमा १ लाख ९ हजार २ सय १८ घर धुरीका ५ लाख २७ हजार ६ सय ४५ जनालाई हात्तिपाईले बिरुद्धको औषधि खुवाउने लक्ष भएपनि ३ लाख ८२ हजार ८ सय १ जनाले मात्र यो वर्षको हात्तिपाईले रोगविरुद्धको अभियानमा औषधि सेवन गरेका छन् ।

नेपालगन्ज उप-माहानगरपालिकाको पुराना वडा १ देखि १७ सम्ममा मधेशी मुस्लिम बस्ती र उपमहानगर हुँदा गाभिएका गाविस मध्ये जयसपुरमा प्राय सबै जसो खोपका कार्यक्रमहरु प्रभावित हुने र खोपको कभरेज अत्यन्तै कमजोर हुने गरेकोले ती वडाहरुमा विशेष अभियान सञ्चालनमा ल्याउने गरी जनस्वास्थ्यले तयारी गरिरहेको कार्यालय प्रमुख खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?