Comments Add Comment

आयल निगमको पुँजी २५ अर्ब पुर्‍याउन बोनस सेयरको योजना, साधारण सेयर कहिले ?


४ वैशाख, काठमाडौं । नेपाल आयल निगमले आफ्नो चुक्ता पुँजी २० देखि २५ अर्ब पुर्‍याउने तयारी गरेको छ । निगमले तत्काल अर्को वर्ष आफ्नो नाफाबाटै चुक्ता पुँजी वृद्धि गर्न सुरु गर्ने योजना बनााएको हो ।

अहिले निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ मात्रै छ । वाषिर्क १ खर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी ज्यादै न्युन भएपछि यसलाई वृद्धि गर्न विभिन्न विकल्पहरुमा छलफल अघि बढाइएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले अनलाइनखबरलाई बताए ।

बोनस र हकप्रद सेयर तथा सर्वसाधारणलाई सेयर बिक्री तथा रणनीतिक साझेदार लगायतका विकल्प राखेर पुँजी बढाउन लागिएको छ । तर, सुरुवातमा बोनस सेयर जारी गर्ने विकल्प सहज देखिएकाले अर्को वर्षबाट यसको सुरुवात गर्ने योजना बनाइएको साहले बताए ।

‘आयल निगममा सरकारको ९९ प्रतिशत सेयर छ । यसबाहेक अन्य सात साझेदार पनि छन्’ साहले भने,’सुरुवातमा वाषिर्क मुनाफालाई बोनस सेयरका रुपमा जारी गर्न हामी प्रस्ताव गर्नेछौं ।’

निगमले यसअघि नै आफ्नो अधिकृत र जारी पुँजी ३० अर्ब पुर्‍याइसकेको छ । अब चुक्ता पुँजी वृद्धिका लागि रणनीति बनाउन सुरु गरेको साहले बताए ।

‘२५ अर्बसम्म चुक्ता पुँजी पुर्‍याउन बोनस सेयरबाट सुरुवात गरिनेछ । त्यसपछि अन्य विकल्पहरुमा अघि बढ्न सकिन्छ’ नायम कार्यकारी साहले भने ।

निमले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्न अध्ययन गरिरहेको छ । साह नेतृत्वको समितिले साधारण सेयर जारी गर्न अहिले विभिन्न जटिलताहरु रहेको ठहर गरेको छ । त्यसलाई समाधान गर्दै पब्लिक सेयरका जारी गर्नका लागि पनि निगम अघि बढेको उनले बताए ।

‘सर्वसाधारणलाई पनि सेयर दिने विषयमाथि हामी अध्ययन गरिरेका छौं’ साहले भने,’भविष्यमा त्यो पनि सम्भव छ । तर, हामीले अहिले सहज विकल्पहरुबाट पुँजी बढाउन प्रयत्न गरिरहेका छौं ।’

निगममा अर्थ मन्त्रालयसहित आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन विभाग, नेशनल ट्रेडिङ, राष्ट्रिय बिमा संस्थान, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको १ प्रतिशत सेयर छ । निरन्तर नाफामा गएकाले पनि पुँजी वृद्धि गर्न खासै समस्या नहुने देखिएको छ ।

निगमलाई गतवर्ष पनि झण्डै १९ अर्ब रुपैयाँ नाफा भएको थियो । आउँदो वर्ष सेयर साझेदारलाई केही नगद लाभांस वितरण गरेर झण्डै ७ अर्ब रुपैयाँसम्म पुँजी बोनस सेयरबाटै थप्न सकिने अपेक्षा गरिएको छ । कम्पनी ऐन २०६३ अनुसार निगमले साधारण सेयर जारी गरे ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याउनुपर्छ ।

तर, निगमले साधारण सेयर जारी गर्ने गरी तीब्र तयारी गरेको छैन । निगमले अध्ययनमै आलटाल गर्दा पब्लिक सेयर आउने विषयम लम्बिने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment