+
+
Shares

पत्रकार महासंघका केन्द्रीय सदस्य कुँवरद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते १८:५६


४ बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरले राजीनामा दिएका छन् । सदस्यता शुद्धिकरणको विषयमा असन्तुष्ट जनाउँदै आएका कुँवरले गत चैत्र २१ गतेबाट लागु हुने गरी राजीनामा दिएका हुन् ।

गत पुस २७ गते बसेको केन्द्रीय समितिको बैठकमा सदस्यता शुद्धीकरण छलफलको विषय बनेपनि सुनुवाई नै नभएपछि राजीनामा दिनुपरेको कुँवरले बताएका छन् ।

सार्वजनिक सुनुवाई गरेर सदस्यता वितरण गर्दा राम्रो हुने बचन अध्यक्ष डा. महेन्द्र विष्टले दिएको भएपनि सोही अनुसार काम हुन नसकेको कुँवरले बताएका छन् ।

कुँवरले गत पुस २७ को बैठकमा नयाँ सदस्यको सूचि केन्द्रीय समितिमा पेश गर्न नमिल्ने बताएपछि विवाद हुँदा पुनः अध्यक्षले आश्वासन दिएपनि चैत २० गतेको बैठकमा पनि सूचि पेस नभएको विज्ञप्ति मार्फ जनाएका छन् ।

नयाँ सदस्यहरुको सूची सार्वजनिक नगरी उल्टो असहमति राख्न समेत नदिएको उल्लेख गर्दै कुँवरले गत चैत २० गतेदेखि लागु हुने गरी नै राजिनामा दिएको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?