Comments Add Comment

लेखीसँग पार्टी एकतापछि महतोले भने-सद्भावना क्षेत्रीय होइन, राष्ट्रिय पार्टी हो


५ बैशाख, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखीको नागरिक समाजवादी पार्टीबीच पार्टी एकता घोषणा भएको छ ।

मंगलबार पार्टी एकता कार्यक्रममा महतो र लेखीले १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति पत्रमा थरुहट राज्य स्थापनाका लागि संघर्ष गर्ने, सीमांकनसहितको संविधान संशोधनका लागि सरकार र दलहरुलाई बाध्य पार्ने उल्लेख छ ।

साथै एकीकृत पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा विस्तार गर्ने दुई पार्टीको सहमति छ । लेखीसहितका नेताहरुलाई पार्टीमा भित्र्याएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुलाई अब क्षेत्रीय पार्टी नभन्ने आग्रह गरे ।

सद्भावना अब राष्ट्रिय पार्टी भएको उनले दाबी गरे । बरु कांग्रेस, एमाले र माओवादीको नेतृत्वमा एकल जाति रहेको भन्दै उनले तीनै दल जातीय भएको आरोप लगाए ।

लेखीले सद्भावनाले तराई माधेसमा थरुहटसहित दुई प्रदेश स्वीकार गरेकाले पार्टी एकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment