Comments Add Comment

विप्लवको पार्टीको चुनाव विरोधी सभामा प्रहरी हस्तक्षेप

बुटवलमा आयोजना गरिएको सभास्थल नियन्त्रणमा लिदै प्रहरी । तस्वीर : कपिल ज्ञवाली

५ बैशाख, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनाव विरोधी सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।

 

स्थानीय चुनाव बहिस्कारको नारा लिएको विप्लवको पार्टीले बुटवल, कञ्चनपुर लगायतका स्थानमा सभा गर्न खोजेको थियो । तर, प्रहरीले हस्तक्षेप गरेको छ ।

एकीकृत जनजागरण तथा प्रतिरोध अभियान भन्दै विप्लवको पार्टीले बुटबलको ट्राफिक चोकमा सभा गर्न खोजेको थियो । सभा सुरु हुनासाथ प्रहरीले हस्तक्षेप गरेको छ । चुनाव विरोधी गतिविधि गरेकाले कार्यक्रम रोकेको प्रहरीले जनाएको छ ।

लुम्बिनी ब्युरोले बुटवलमा अायाेजना गरेको कार्यक्रममा  पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगर,पोलिटब्यूरो सदस्य ओम पुन र चन्द्र बहादुर चन्द बिरजंग लगायतकाे उपस्थति थियाे । सभाअघि नगरपरिक्रमा क्रममा  ‘नेपाल सरकार मुर्दाबाद’, लगायतका नारा  लगाइएकाे थियाे ।

नेपाल कम्युनिष्ट पार्टीले सभा गर्ने भनेपछि बिहानैदेखि प्रहरीले सुरक्षा सर्तकता अपनाएको थियो ।  सभामा स्थानीय तहको निर्वाचनको बिरोध समेत गरिएको थियो ।

कञ्चनपुरकाे कार्यक्रम स्थल प्रहरीकाे कब्जामा । तस्वीर : दीया चन्दकाे फेसबुकबाट

यसैगरी कञ्चनपुरमा पनि प्रहरीले विप्लवको पार्टीको सभामा हस्तक्षेप गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment