Comments Add Comment

भूकम्पपीडितको १२ अर्ब रकम जिल्लामा थन्कियो

दोस्रो किस्ता वितरण गर्न कार्यविधि सच्याइँदै

६ बैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई दिने दोस्रो किस्ताको रकम जिल्ला-जिल्लामा पढाएको छ । पहिले दोस्रो किस्ता नपाएकाहरुले पाउने गरी प्राधिकरणले कार्यविधि सच्याउने गृहकार्य थालेको छ ।

दोस्रो किस्ताको रकम जिल्लामा लगेर थुपारिए पनि पीडितलाई वितरण गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।

जिल्लामा पुर्‍याइएको रकम जनशक्तिको अभावमा भूकम्प पीडितका हातमा नपुगेको प्राधिकरण बतायो । अनलाइखबरसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले दोस्रो किस्ता चाँडै बाढ्नुृ पर्छ भनेर प्रभावित जिल्लामा १२ अर्ब लगेर राखेको, तर वितरण गर्न नसकेको बताए ।

प्राधिकरणमा मंगलबारसम्म ३५ हजार परिवारले दोस्रो किस्ता माग गरेका छन् । तर इञ्जिनियरको अभाव, अन्य विभिन्न प्राविधिक कठिनाइले दोस्रो किस्ता बाँड्न नसकी ठूलो रकम जिल्लामै थन्किएको छ ।

प्राधिकरणले अहिलेसम्म करिब १३ हजारलाई मात्रै दोस्रो किस्ताको अनुदान उपलब्ध गराएको छ ।

झञ्झटिलो कार्यविधि सच्याइँदै

दोस्रो किस्ताको रकम पाउन पूरा गर्नुपर्ने झञ्झटिलो कार्यविधिका कारण पीडितहरुले रकम पाउन नसकेका हुन् ।

पहिलो किस्ता पाउनेहरुले बनाएको घरको अनुगमन गरेर दोस्रो किस्ता सिफारिस गर्नुपर्ने इञ्जिनियरहरु जिल्लामा अपुग भएकाले ३५ हजार आवेदकले दोस्रो किस्ता पाउन नसकेका हुन् ।

स्थानीय तहसम्म इञ्जिनियरको अभाव र अन्य विभिन्न प्राविधिक कठिनाइले दोस्रो किस्ता दिन नसकिएको डा. पोखरेल बताउँछन् ।

प्राधिकरणले कार्यविधिमा रहेको कठिनाइ हटाएर सहज बनाउने निर्णय गरेको छ । अब उक्त कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेलगत्तै भूकम्प पीडितले सहजरुपमा दोस्रो किस्ता पाउने सिईओ पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment