+
+

सिभिल मलमा ‘फिक्स्ड प्राइस’ प्रणाली लागू

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते १०:४५

६ बैशाख, काठमाडौं । नयाँवर्ष २०७४ को सुरुवात सँगसँगै सुन्धारास्थित सिभिल मल निश्चित मूल्य अर्थात ‘फिक्स्ड प्राइस’ मल भएको छ ।

गत ७ वर्षदेखि मुलुककै ठूलो किनमेल गन्तव्यको रुपमा रहँदै आएको सिभिल मलमा सामान खरिद गर्दा ग्राहकहरुले मोलतोल गर्ने झमेला व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले यसो गरिएको व्यवस्थापनले जनाएको छ ।

एउटै छानामुनि मनोरञ्जन, खानपान, किनमेल र पार्किङको सुविधा प्राप्त गर्न सकिने उक्त मलमा विश्व स्तरीय सिनेमा हल, बालबालिकाको लागि नेपालकै सबैभन्दा ठूलो ‘इण्डोर गेम जोन’ र विभिन्न स्वादको परिकार पाईने फूडकोर्ट समेत रहेका छन् ।

किनमेल जगतमा प्रमुख हिस्सा ओगट्दै आएको सिभिल मल ‘फिक्स्ड प्राइस’मल भएपछि ग्राहक वर्गले वस्तु र सेवाको उपभोग अझै सहज रुपमा गर्न सक्ने विश्वास व्यवस्थापनले प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?