+
+

एनआइसी एसियाको नाफा ५० प्रतिशतले वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते ११:०४


६ बैशाख, काठमाडौं । एनआइसी एसिया बैंकको नाफा ५० प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ७५ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने १ अर्ब १३ करोड रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय कै आकारमा पनि बढोत्तरी भएको छ । गत वर्ष १ अर्ब ३७ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब ८४ करोड ब्याज आम्दानी गर्न सकेको हो ।

बैंकले ६३ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ । बैंकले ४० करोड रुपैयाँ राइट ब्याक समेत गरेको छ ।
बैंकले १० करोड ५२ लाख रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ । बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा सहज अवस्थामा छ । यो अनुपात १३ प्रतिशत रहेको छ । बैंकमा खराब कर्जाको अनुपात घट्दै गएको छ । गत आवमा यो अनुपात १ प्रतिशतमाथी रहेकोमा हाल ०.४६ प्रतिशतमा सिमित भएको छ ।

बैंकको चुक्ता पुँजीमा ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ७८ अर्ब ९९ करोड र ६७ अर्ब २५ करोड कर्जा लगानी भएको छ । बैंकको पुँजी लागत बढेर ५.२९ प्रतिशत पुगेको छ भने कर्जा दिदा आधार मानिने बेस रेट पुसको ७.५० को तुलनामा बढेर १० पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.५० गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?