Comments Add Comment

बिहेमा बेहुलाले राखे यस्तो माग, खुले सबैका आँखा


बिहे भन्ने कुरा जिन्दगीको सबैभन्दा महत्वपूर्ण क्षण भएरै होला बिहेका विषयमा विभिन्न रितिरिवाज चर्चामा आउँछन् अनि यो महत्वपूर्ण क्षणलाई यादगर बनाउनका लागि मानिसहरुले कुनै कसर बाँकी राख्दैनन् ।

हाम्रो देश तथा छिमेकी भारतमा समेत बिहेमा दाइजो प्रथा कायम छ । यस्ता बाबुआमाहरु पनि छन् जसले दाइजोका लागि आफ्नो छोराको मोलमोलाई गर्छन् । अनी यस्ता बाउआमाहरु पनि छन् जसले दाइजो दिने औकात नभएकै कारण छोरी पाउने हिम्मत गर्न सक्दैनन् । भारतीय समाजमा कलंकको रुपमा रहेको दाइजो प्रथाको बीचमा छत्तिसगढका एक बेहुलाले दाइजोमा यस्ता चिज मागे की बेहुली पक्षको आँखा खोलिदियो ।

प्रशान्त महतो नामका ती युवकले आफ्नो बिहेको कार्डमा निकै फरक तरिकाको माग राखेका थिए । उनले नगद, गाडी, घर आदि दाइजो मागेका थिएननु, उनले पूराना किताबहरु मागेका थिए ।

बिहेमा दाइजो तथा उपहारको रुपमा जम्मा हुने पूराना किताबहरु त्यस्ता गरीब विद्यार्थीहरुल्ाई बाँड्ने उनको योजना छ, जोसँग किताब किन्ने पैसा पनि हुँदैन ।
प्रशान्त एक संस्था चलाउँछन्, जसले गरीब विद्यार्थीहरुको शिक्षामा सहयोग गर्दै आएको छ । अहिलेसम्म उक्त संस्थाले ५० हजार भन्दा धेरै पुस्तक जम्मा गरेर विद्यार्थीहरुसम्म पूराइसकेको छ । प्रशान्तको टीममा ५ सय जना सहयोगी युवायुवती छन् । उनीहरुले छत्तिसगढका ८ सय ५० भन्दा धेरै स्कुले विद्यार्थीलाई सहयोग गरिसकेका छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment