Comments Add Comment

‘लभ लभ लभ’ निर्मात्रीको ५ करोडमा नयाँ फिल्म


चलचित्र ‘लभ लभ लभ’ निर्माण गरेकी निर्मात्री शर्मिला पाण्डेले महंगो बजेटमा नयाँ चलचित्रको घोषणा गरेकी छिन् । शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिने भनिएको नयाँ चलचित्रको बजेट महंगो हुनेछ ।

उनले चलचित्रको बजेट ५ करोडको हुने बताइन् । पाण्डेले भनिन्-‘हामीले ५ करोड बजेटमा देश तथा विदेशमा खिच्ने गरि नयाँ चलचित्र निर्माण गर्दैछौ । ५ करोडमा बनाएर १५ करोड कमाउने सोच मेरो हो ।’

सुरज सिने आर्टस्को ब्यानरमा बन्ने चलचित्रलाई ‘लभ लभ लभ’का निर्देशक दीपेन्द्र के खनालले नै निर्देशन गर्नेछन् । चलचित्रको कथावस्तु र कलाकारको बारेमा केहि पनि खुलाइएको छैन ।

निर्देशक दीपेन्द्र के खनालले अनलाइनखबरसँग भने-‘यो कथाको काम नै हो । कथा नै त्यस्तै प्रकारको छ, यसैले ५ करोडको बजेट लाग्ने हाम्रो अनुमान हो ।’
यो चलचित्रमा पाण्डेका छोरा तथा ‘लभ लभ लभ’का मुख्य कलाकार सुरज पाण्डे भने हुने छैनन् ।

उनले, चलचित्र निर्माणको मात्र जिम्मा लिनेछन् । पाण्डेले भनिन्-‘कलाकार पनि चल्तीकै हुनेछन् । हामीले, ‘लभ लभ लभ’ राम्रो बनाएर पनि कम हल मात्र पायौ । यसैले, अब चल्तीकै कलाकार लिएर चलचित्र बन्नेछ ।’ चलचित्रको रिलिज भने फागूणमा गरिनेछ । उनले एकसाथ ३ चलचित्र निर्माणको घोषणा गर्ने समेत बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment