Comments Add Comment

सिम्रिक एयरको हेलिकोप्टर लम्जुङमा आकस्मिक अवतरण

फाइल तस्वीर

६ बैशाख, लम्जुङ । सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण गरेको छ । मनाङका लागि उडेको नाइन एन- एजेजेड हेलिकोप्टर बेसिसहरको दनाइफाँटस्थित खेतमा आकस्मिक अवतरण गरेको हो ।

मौसममा आएको खराबीले हेलिकोप्टर आकस्मिक अवतरण गरेको लम्जुङका सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘यहाँ बिहानैदेखि पानी परिरहेको छ । कुहिरो र बादल पनि लागेको छ । त्यहीभएर हेलिकोप्टर अवतरण गरेको बुझिएको छ । विस्तृत जानकारी लिँदैछौं,’ अधिकारीले भने ।

हेलिकोप्टर सुरेन्द्र पौडेलले उडाएका थिए । उनका अनुसार मनाङको भीमथाङमा विरामी विदेशी पर्यटकलाई लिन उनी काठमाडौंबाट मनाङ उडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment