+
+
Shares

राप्रपाले जित्ने स्थानीय तहमा धर्म परिवर्तन बन्देजः कमल थापा

सुवास पण्डित सुवास पण्डित
२०७४ वैशाख ६ गते १८:०६

६ बैशाख, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाले जित्ने स्थानीय तहमा संगठित धर्म परिवर्तन गराउने कामलाई निस्तेज पार्ने दावी गरेका छन् ।

चितवनको भरतपुरमा राप्रपा चितवनले गरेको जनसभालाई सम्वोधन गर्दै थापाले लोभलालसा, दवाव र प्रभावमा देशमा भैरहेको धर्मपरिवर्तनलाई रोक्ने अभियान राप्रपाले जित्ने स्थानीय तहबाट शुरु गर्ने बताए ।

‘कांग्रेस, एमाले र माओवादीबाट वाक्क भएका जनताका लागि राप्रपा बैकल्पिक राजनीतिक शक्तिका रुपमा आएको छ,’ अध्यक्ष थापाले भने, ‘ठूला दलका कारण देशमा संकट गहिरिएकोले राप्रपाले संकटको निकास दिन्छ ।’

अध्यक्ष थापाले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका मधेस केन्दि्रत दललाई त्यस्तो गल्ती नगर्न सुझाव दिए । थापाले मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरिसकेको भन्दै चुनाब बहिष्कारको निर्णय फिर्ता लिन आग्रह गरे ।

थापाले हिमाल, पहाड, तराई मधेसका कोही पनि नेपाली जनतालाई भोट हाल्नबाट बञ्चिन हुन नहुने भन्दै निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चित हुनुपर्ने बताए ।

नेता थापाले नयाँ नेपाल बनाउने बाटो गलत भएका कारण अहिले देश गम्भीर मोडमा पुगेको टिप्पणी गरे ।

यो पनि पढ्नुहोस् 

राप्रपा नेता पशुपति शम्शेरले हलोमा भोट हाल्न भनेपछि…

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?