Comments Add Comment

५ करोड लगानीमा भैरहवामा खुल्यो डिपार्टमेन्टल स्टोर

६ बैशाख, भैरहवा । रुपन्देहीको भैरहवामा ५ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न सानु डिपार्टमेन्टल स्टोर सञ्चालनमा आएको छ ।

सर्वसाधरणको सेवा सुविधालाई ध्यान राख्दै एकै थलोबाट बच्चादेखि प्रौढसम्मका ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने उद्देश्यका साथ डिपार्टमेन्टल स्टोर संचालनमा ल्याइएको स्टोरका संचालक सानु शर्माले बताए ।

स्टोरको भवन ७ तल्ले रहेको छ । यो भैरहवामा एकमात्र सुविधा सम्पन्न डिपार्टमेन्टल स्टोरको रुपमा संचालनमा आएको छ ।

प्रत्येक तल्लामा फरक फरक प्रकृतिका स्वदेशी तथा विदेशी साम्रगीहरु विक्री वितरणका लागि उपलब्ध रहेको स्टोरका संरक्षक रामकुमार शर्माले बताए ।


उनका अनुसार स्टोरमा खाद्यान्न, जुत्ता, चप्पल, कपडादेखि अर्गानिक कृषी उपज सम्मका साम्रगीहरु उपलब्ध रहेको छ ।

पुर्ण वाताअनुकुलित, अन्डरग्राउण्ड पार्किङ्ग, रेष्टुरेण्ट, लिफ्ट सहितको सुविधा पनि स्टोरमा रहेको छ । बुधवारदेखि सञ्चालनमा आएको स्टोरमा युवा पुस्ता, गृहणी, लगायतका ग्राहकहरु आर्कषित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment