Comments Add Comment

मिले मधेस केन्द्रित पाँच दल, नाम राखियो ‘राजपा’


७ बैशाख, काठमाडौं । मधेस केन्द्रित पाँच दलबीच बिहीबार औपचारिक रुपमा पार्टी एकता भएको छ ।

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टीबीच एकिकरण भएको हो ।

डिल्लीबजारस्थित एक पार्टी प्यालेजमा एकिकरणको घोषणापछि नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राखिएको छ । राजपा अब संसदमा मधेसको सबैभन्दा बढी सीट भएको पार्टी ठहरिएको छ ।

पार्टी एकता घोषणा कार्यक्रममा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झा पनि सहभागी छन् ।

यो पनि पढ्नुहोस् 

राजकिशोरले भने- हामी पाँच पाण्डव हौं, राज्यले युद्ध सुरु गर्‍यो, अन्त्य हामी गर्छौं

राजपा बन्यो मधेसको ठूलो पार्टी, अब चुनावमा आउला ?

मधेसवादी दलहरुको एकतामा थपिए अनिल झा

विजय गच्छदार र गोपाल दहितबीच एकता, पार्टीको नाम फेरियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment