Comments Add Comment

आमा बनेपछि ह्वात्तै घट्यो करिनाको भाउ

आमा बन्ने क्रममा केही समय ब्रेक लिएकी बलिउड अभिनेत्री करिना कपुरलाई फिल्म खेल्न हतार भइसकेको छ । यसका लागि उनी ज्यान बनाउन तल्लिन छिन् ।

तर आमा बनेपछि करिनाको स्टारडम पहिलेजस्तो छैन । यसको असर उनको पारिश्रमिकमा परेको छ । उनलाई फिल्म अफर गर्ने निर्माता-निर्देशकहरु पहिले जति पारिश्रमिक दिन तयार छैनन् ।

अहिले करिना ‘वीरे दी वैडिङ’ नामक फिल्ममा व्यस्त छिन् । यो फिल्म सकिएपछि उनले गर्ने अर्को फिल्म पनि पक्का भएको छ । तर सो फिल्मको नाम सार्वजनिक भएको छैन ।

बलिउड सञ्चारमाध्यमका अनुसार यो फिल्ममा करिनाको दमदार रोल भए पनि पारिश्रमिक भने निकै घटाइएको छ । आमा बन्नुअघि उनी एउटा फिल्मबाट १० करोड भारु लिन्थिन् । तर यस फिल्मका लागि उनले केवल ६ करोड स्वीकार गरेकी छिन् ।

आमा बनेलगत्तै फिल्म खेल्नका लागि करिनाले आफ्नो तौल घटाउन थालेकी थिइन् । तर उनलाई खासै धेरै अफर आइरहेका छैनन् । केही समयअघि करण जौहरले बनाउने फिल्ममा उनले अभिनय गर्ने चर्चा चलेको थियो । तर त्यो चर्चा असत्य सावित भइसकेको छ । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment