Comments Add Comment

कसरी सधै खुसी र सुखी रहने ? यी हुन् तरिका


अक्सर हामी दिनमा खुसी धेरै हुन्छौ कि दुखी ? अर्थात हाम्रो धेरैजसो समय दुखी भएर बित्छ कि, सुखी भएर ?

यसको लेखाजोखा हाम्रो शारीरिक स्वास्थ्य, मानसिक अवस्था, परिस्थिती, वातावरण आदिले गर्छ । शारीरिक र मानसिकसँगै बाह्य कुराहरुले पनि हामीलाई कहिले खुसी बनाउँछ, कहिले दुखी । कोहि चाहदैनन्, दुखी हुन । हामी सबै खुसी हुन चाहन्छौं । र, सधै त्यसको खोजीमा रहन्छौं । मीठो खानाको स्वाद लिएर होस्, पैसा कमाएर होस्, राम्रो लुगा लगाएर होस्, अरुलाई सहयोग गरेर होस्, हामी खुसी हुन चाहन्छौं ।

मनको बिकार हटाउने

यदि हामी खुसी हुन चाहन्छौ भने मनभित्रको बिकार त्याग्नुपर्छ । नकारात्मक धारणा त्याग्नुपर्छ । रिस, राग, इष्र्या, लोभ त्याग्नुपर्छ । जीवनमा कहिले दुख हुन्छ, कहिले सुख । न सधै सुख हामीसँग रहन्छ, न दुख नै । त्यसैले जीवनमा आइपर्ने दुखलाई कसरी सामना गर्ने भन्ने कुरा सिक्नुपर्छ ।

हामीभित्रै छ, खुसी

खासमा खुसी भन्ने कुरा भौतिक कुराबाट प्राप्त हुने होइन । यद्यपी त्यो खुसीको माध्याम भने बन्न सक्छ । जब मानसिक विकार हटाएर सकारात्मक सोंच, धारणाको विकास हुन्छ, खुसी आफै प्राप्त हुन्छ । अतः सुखी जीवनको लागि आफ्नो जीवनशैली पनि परिवर्तन गर्नुपर्छ । स्वस्थ्य र सन्तुलित जीवनशैलीले हामीलाई दुखी हुने अवस्थामा पुर्‍याउँदैन । स्वस्थ्य जीवन र स्वस्थ्य मन नै खुसीको आधार हो ।

योग, व्यायाम, प्राणायम जस्ता कुराबाट पनि मनलाई शान्त र खुसी तुल्याउन सकिन्छ ।

खुसीको बाहाना

स-सना यस्ता बाहाना छन्, जसबाट हामी खुसी हुन सक्छौं ।

–     आफुले उपलब्धी गरेको सफलतालाई स्मरण गर्नुहोस् । जीवनको कुन कुन क्षणमा, कसरी सफलता मिलेको थियो, मन्थन गर्नुहोस् ।

–     बाल्यकालको फोटो, खेलौना, लुगाफाटो हेर्नुहोस् ।

–     एकदमै मन मिल्ने साथीलाई बोलाएर विगतमा भोगेका रमाइला क्षणहरुको चर्चा गर्नुहोस् ।

–     बाल्यकालमा तपाईलाई जे कुराले खुसी तुल्याउँथ्यो, त्यही चिजलाई फेरी दोहोर्‍याउनुहोस् । जस्तो कि, खेलौनाहरु सजाउने, फनी भिडियो हेर्न, पेन्टिङ गर्ने, मन परेको सामग्रीहरु संग्रह गर्ने आदि ।

–     किशोरवयमा आफ्लाई असाध्यै मन परेको गीत सुन्नुहोस्, पहिरन लगाउनुहोस्, भिडियो हेर्नुहोस् ।

–     विद्यालय/क्याम्पसको बेला खिचिएको फोटोको एल्बम निकालेर हेर्नुहोस् ।

–     पर्व, उत्सव, पारिवारिक जमघटलाई कसरी रमाइलो बनाउने भनेर घोत्लिनुहोस् ।

–     राम्रो गीत बजाएर मस्त नाच्नुहोस् ।

–     मीठो गीत सुन्दै रमाइलो पुस्तक पढ्नुहोस् ।

–     बगैंचामा फूलहरु रोप्ने, स्यहार्ने गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment