Comments Add Comment

भारत भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फर्किँदै, आजको सार्वजनिक विदा फिर्ता


८ बैशाख, काठमाडौं । भारतको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार स्वदेश फर्किँदैछिन् । उनी शुक्रबार साँझ साढे सात बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

स्वदेश फर्किनुअघि उनले उडिसा राज्यको पुरीस्थित जगन्नाथ मन्दिर पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम छ ।

उनी ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै यही बैशाख ३ गते भारत भ्रमणमा गएकी थिइन् । सो दिन नेपाल सरकारले सार्वजनिक विदा दिएको थियो । राष्ट्रपति स्वदेश फर्किने दिनको विदा भने सरकारले फिर्ता लिएको छ ।

भारत बसाइका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गरेकी थिइन् ।

भ्रमणको चौथो दिन बिहीबार उडिसा राज्यको राजधानी भुवनेश्वरमा मिसन शक्ति नामक संस्थाद्वारा आयोजित महिला सशक्तीकरण विषयको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला सशक्तीकरणमा जोड दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment