Comments Add Comment

राखीको हट फोटोले फेरि तहल्का


राखी सावन्तको एउटा तस्विर फेरि एकपटक सामाजिक सञ्जालमा भाइरल भएको छ । स्विमसुट स्टाइलको ड्रेस लगाएर उभिएको तस्विर ट्वीटरमा राखे लगत्तै उनको तस्बिरमा टिका टिप्पणी गर्नेहरु बढेका छन् । एकजनाले ट्विट गर्दै लेखेका छन्-‘यति लुगा लगाउन के जरुरी थियो र ।’

राखी पछिल्लो समय बलिउडमा विवादको पर्यावाची नै भएकी छिन् । राम गोपाल बर्माले सन्नी लियोनीको विषयमा गरेको अभद्र टिप्पणीको समर्थन गरेपछि राखी विवादमा आएकी थिइन् ।

त्यती मात्रै हैन एक निजी च्यानललाई दिएको अन्तरवार्तामा राखीले वाल्मिकी ऋषीलाई डाँका भनेर टिप्पणी गरेकी थिइन् । यस किसिमको टिप्पणीपछि प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment