+
+

प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता, अरुमा के होला ?

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १२ गते ६:००


१२ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको छ ।

माओवादी प्रदेश नम्बर ७ का इन्चार्ज एवं स्थायी समिति सदस्य लेखराज भट्ट र कांग्रेस केन्द्रीय सदस्य एनपी साउदलगायतका नेताहरुबीच प्रदेश नम्बर ७ मा चुनावी एकता गरेर जाने सैद्धान्तिक सहमति भएको हो ।

प्रदेश नम्बर ७ का माओवादी प्रचार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ ले लामो छलफलपछि कांग्रेस र माओवादी केन्द्र चुनावी एकता गर्न सहमतिमा पुगेको बताए ।

प्रदेश नं. ७ सुदूरपश्चिममा कूल ८८ वटा स्थानीय तह छन् । प्रदेशस्तरमा चुनावी एकताका लागि सहमति भए पनि जिल्ला तथा स्थानीय तहमा भने सर्कुलर भएको छैन ।

केही दिनअघि एमाले सुदूरपश्चिम समन्वय कमिटिले माओवादी केन्द्रसँग चुनावी एकता गर्ने प्रस्ताव अघि सारेको थियो । यद्यपि, कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?