Comments Add Comment

चुनावी ‘एजेन्डा’ मा परेनन् भूकम्पपीडित

१२ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न आश्वासन बाँड्दै हिँडेका मकवानपुरका राजनीतिक दलले भूकम्पपीडितको एजेन्डा भने समावेश गरेका छैनन् ।

१२ वैशाख २०७२ मा गएको भूकम्पबाट अतिप्रभावितमध्ये मकवानपुर पनि हो । पीडितहरु हालसम्म अस्थायी टहरा र त्रिपालमै गुजारा गरिरहेका छन् । तर, राजनीतिक एजेन्डाकै भरमा राजनीतिक दलहरु मत माग्दै घरदैलो गरिरहेका छन् ।

२० हजार बढी भूकम्पपीडित रहेको जिल्लामा दलहरुले कुनै भूकम्पपीडितबारे केही नबोल्दा उनीहरु थप निराश बनेका छन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकादेखि गाउँपालिकासम्म तय गरेको एजेन्डामा दलहरुले भूकम्पपीडितका समस्या समावेश नगरेपछि पीडितहरु निराश भएको राजधानी दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment