+
+
Shares

मेल्बर्नमा यही २८ तारिखमा सत्य-स्वरुप लाइभ कन्सर्ट हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १२ गते १३:२१

२५ अप्रील, मेल्बर्न । नेपाली सुगुम क्षेत्रमा नक्षत्रका रुपमा रहेको सत्यराज र स्वरुपराज आचार्यको मेल्बर्नमा लाइभ कन्सर्ट हुने भएको छ ।

नेपाली स्रोताका माझ प्रीय यी दुई दाजुभाईको उपस्थितिमा यही अप्रील २८ तारिखमा ‘सेवेन इपिक इन्टर्टेन्मेन्ट’को आयोजनामा मेल्बर्नमा कन्सर्ट हुन भएको हो ।

मेल्बर्नको एस्कटभेलमा हुने यो कार्यक्रमलाई सफल पार्न अहिले आयोजकले तयारी तीव्र पारेको छ । अघिल्लो वर्ष कर्णदास को भब्य संगीतिक इभेन्ट आयोजना गरेको सेवेन इपिक इन्टर्टेन्मेन्टले सिड्नीबाट ल्याएका ब्याकप म्युजिसियनसहित सत्य-स्वरुपलाई लाइभ कन्सर्टमा उतार्दै छ ।

यो एउटा नेपाली सुगम संगीत प्रतिको सम्मान भएको भन्दै यसलाई अबिस्मरणीय साँझ बनाउन लागि परेको सेवेन इपिक इन्टर्टेन्मेन्टका उज्ज्वल घिमिरेले बताए ।

कार्यक्रममा मेल्बर्नका स्थानीय प्रतिभाहरु अशोक खतिवडा र श्याम छन्त्यालले नेपाली सुगम संगीतका मुर्धन्य श्रष्टाहरु स्वरसम्राट नारायण गोपाल, गोपाल योन्जनप्रति सम्मानका साथ उनीहरुका गीतहरु प्रस्तुत गर्ने छन् भने डिजे मिस्टाको रिमिक्ससँगै कार्यक्रमको समापन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?