+
+
Shares

कांग्रेस र माओवादीको राजनीतिले पुनर्निर्माण गतिहीनः भीम रावल

दीपक उपाध्याय दीपक उपाध्याय
२०७४ वैशाख १२ गते १७:१९

१२ बैशाख, कैलाली । नेकपा एमालेका उपाध्यक्ष एव सात नम्बर प्रदेशका संयोजक भीम रावलले कांग्रेस-माओवादी केन्ऽ गठबन्धनले सरकार र प्राधिकरण दुबैलाई अस्थीर र अन्योलग्रस्त बनाएर भूकम्पपछिको पुनःनिर्माणमा बाधा सिर्जना गरेको आरोप लगाएका छन् ।

मंगलबार बिज्ञप्ति जारी गर्दै प्राधिकरण निर्देशक समितिको उपाध्यक्षसमेत रहेका एमाले नेता रावलले दुई महिनादेखि प्रधानमन्त्री प्रचण्डले प्राधिकरण निर्देशक समितिको बैठक नबोलाएर समितिलाई समेत निष्क्रिय बनाएको आरोप लगाए ।

भुकम्प गएको दुई वर्ष वितिसकेको स्मरण गर्दै उपाध्यक्ष रावलले प्राधिकरणका वर्तमान कार्यकारी प्रमुख स्वयंले प्राधिकरणको औचित्यमाथि नै प्रश्न उठाउँदै काम हुन नसकेको तथ्य स्वीकार गरेको वक्तव्यमा उल्लेख गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ। ‘प्राधिकरणलाई अकर्मण्यताको चक्रमा फसाएर भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको निर्माणमा उदासिनता देखाउने वर्तमान सरकारको कृयाकलाप निन्दनीय छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?