Comments Add Comment

२ दशककै उच्च आर्थिक वृद्धि ! अाखिर कसका कारण भयो यस्तो ?


१३ वैशाख, काठमाडौं । भूकम्प र नाकाबन्दीले अघिल्लो वर्ष थलिएको अर्थतन्त्रमा यस वर्ष भने दुई दशककै उच्च आर्थिक वृद्धि हुने भएको छ । केन्द्रिय तथ्याङक विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ६.९४ प्रतिशत हुने प्रक्षेपण मंगलवार सार्वजनिक गरेको कारोबार दैनिकले उल्लेख गरेको छ ।

२ दशककै उच्च आर्थिक वृद्धिलाई कारोबार दैनिकले पनि मुख्य समाचार बनाएको छ ।

अाखिर कसरी भयो त यस्तो चमत्कार ? के उल्लेख्य सुधार भयो नेपालको अार्थिक क्षेत्रमा, जसले झन्डै सात प्रतिशतको अार्थिक बृद्दि हाँसिल भयो ?

केन्द्रिय तथ्याङ्क बिभागका अनुसार धानलगायत खाद्यान्न बालीको उत्पादन बढ्नु, नियमित बिद्युत आपूर्ति हुनु, बन्द हडताल लगायतका अर्थतन्त्रलाई असर पर्ने कार्यक्रम नहुनु तथा पुनःनिर्माण र अन्य निर्माणका काममा तिब्रता दिइनु अर्थतन्त्र सुधारका मुख्य कारण हुन् ।

विदेशीसँग नेपाली मुद्रामा कारोबार गैरकानुनीलाइ पनि कारोबारले मुख्य समाचार बनाएको छ । त्यस्तै बाहिरी चक्रपथको काम अघि बढ्योलाई कारोबारले लेखेको छ भने सोलारको बिजुली केन्द्रीय ग्रिडमालाई पनि कारोबारले लेखेको छ ।

नियामक निकायलार्इ लत्याउँदै अर्को अल्ट्रालाइटलाई अनुमतिलाई नागरिकले मुख्य समाचार बनाएको छ । सरकारी वेबसाइट सित्तैमा हेर्न मिल्नेलाई नागरिकले लेखेको छ । प्रतिबन्धित नोट सटहीमा भारत सन्दर्भमा नागरिकले लेखेको छ ‘जति आग्रह गरे पनि बेवास्ता ।’

१० वर्षभित्र समृद्ध नेपाल बनाउने लक्ष्य लिएको भन्दै नेपाली काँग्रेसको स्थानीय चुनाव  घोषणापत्रलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । होटलमा विदेशी मुद्राको अनधिकृत कारोबारलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । भारतले नेपालको जुटमा लगाएको सिभिडी हटायोलाई पनि लेखेको छ । आधाभन्दा बढी आयातमा एलसी नै खोलिन्नलाई नयाँ पत्रिकाले लेखेको छ ।
भूमीगत विद्युत वितरण प्रणाली विकास हुन लागेको खवरलार्इ अभियान दैनिकले मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment