Comments Add Comment

ला लिगामा बार्सिलोना र रियल मड्रिडको फराकिलो जित

१४ बैशाख, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत लिगका शीर्ष स्थानमा रहेका बार्सिलोना र रियल मड्रिडले आ-आफ्नो खेलमा फराकिलो जित हासिल गरेका छन् ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले लिगबाट रेलिगेसनमा परिसकेको ओसासुनाबिरुद्ध ७-१ को जित निकाल्दा रियल मडि्रडले डेपोर्टिभो ला कोरुनालाई उसकै मैदानमा ६-२ गोलले हरायो ।

घरेलु मैदान नाउ क्याम्पमा सम्पन्न खेलमा बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले १२औंं मिनेटमा गोलको खाता खोलेका थिए । आन्द्रे गोमेसले ३०औं मिनेटमा राकिटिकको पासमा गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए ।

घरेलु मैदानमा ५०१अाैं गोल गरेका मेस्सीप्रति समर्थकले खुलेर सम्मान गरेका थिए ।

दोस्रो हाफको सुरुमै ओसासुनाले १ गोल गरेर खेलमा र्फकने प्रयास गर्‍यो । तर त्यसयता निक्कै आक्रामक बनेको बार्सिलोनाले ५ गोल थप्न सफल भयो ।

५७औं मिनेटमा आन्द्रे गोमेसले ब्यक्तिगत दोस्रो गोल गर्दा ६१औं मिनेटमा मेस्सीले अर्को गोल गर्दै अग्रता ४-१ मा पुर्‍याए ।

लुइस स्वारेज र नेवइमारबिना मैदानमा उत्रिएको बार्सिलोनाका लागि ६४औं र ८६औं मिनेटमा पाको अल्कासरले गोल गरे । ६७औं मिनेटमा मास्केरानोले पेनाल्टीमार्फत गोल गरेका थिए ।

जितसँगै ३४ खेलबाट ७८ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा यथावत छ भने एक खेल कम खेलेको रियल मडि्रडको समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

त्यस्तै गएराति नै सम्पन्न खेलमा रियलले डेपोर्टिभो ला कोरुनाबिरुद्ध फराकिलो जित हासिल गर्ने क्रममा जेम्स रोडि्रगुइजले २ तथा अल्भारो मोराला, लुकार भाज्क्वेज, इस्को र कासिमेरोले एक एक गोल गरे ।

स्टार खेलाडीहरु क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, करिम बेञ्जिमा, सर्जियो रामोसबिना मैदानमा उत्रिएको रियलले खेलको पहिलो मिनेटमै मोराटाको गोलमार्फत अग्रता लिएको थियो । रियलका लागि रोडि्रगुइजले १४औं र ६६औं मिनेटमा गोल गरेका थिए ।

डेपोर्टिभोका लागि एण्डोन र जोसेलुले एक एक गोल फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment