Comments Add Comment

यस्तो बन्दै छ अमेरिकामा पशुपतिनाथ मन्दिर

२६ अप्रील, अमेरिका । साउदर्न क्यालिफोर्निया बासी नेपालीहरुले निर्माण गर्न लागेको पशुपतिनाथको मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

अहिले नर्वाल्क सिटिमा चर्च किनेर सोलाई मन्दिरमा परिणत गर्नको लागि मर्मत सम्भारको कार्य भईरहेको छ ।

मन्दिरको लागि भवन खरिद पश्चात विभिन्न समस्याहरू आइपरेकोले निर्माण कार्य ढिलाई भएको थियो ।

पशुपतिनाथ फाउनडेसनका अध्यक्ष भक्त थापाले सबैको सहयोग र अथक प्रयास पश्चात अबको एक महिनामा भित्र निर्माण कार्य सम्पन्न हुने बताए । तर, औपचारिक रुपमा मन्दिर खुला हुनलाई भने थप केही समय लाग्ने जनाइएको छ ।

मन्दिर निर्माका लागि स्थानीय नेपालीहरुले एक पेनीदेखि एक लाख ३० हजार डलरसम्मको रकम उठाएका छन् ।

मन्दिरमा प्रतिस्थापन गरिएका मूर्तिहरु नेपाल र भारतबाट ल्याइएको थियो । नेपालको झझल्को गराउने पशुपतिनाथको साथै सोही स्थानमा बुद्धको मूर्ती समेत स्थापना गरी धार्मिक सहिस्नुताको नमूना प्रस्तुत गर्न लागिएको यहाँका नेपालीले बताएका छन् ।

मन्दिरको उद्घाटन पश्चात यसको दीगोपना दिनको लागि पचास हजार भन्दा बढीका दाताहरु ट्रस्टी र अन्य दाताहरु मध्यबाट सञ्चालक समिति बनाएर चलाउने योजना समेत व्यवस्थापन समितिले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment