Comments Add Comment

ओम डेभलपमेन्ट बैंकको ३१ औं शाखा बुटवलमा

१६ वैशाख, बुटवल । ओम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ३१ औं शाखा बुटवलमा संचालनमा ल्याएको छ । बुटवल पुष्पलाल पार्कस्थित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयका निर्देशक रेवतीप्रसाद नेपाल तथा ब्रहमाकुमारी बिश्वबिद्धालय पश्चिमान्चलकी सहनिर्देशक ब्रहमाकुमारी कमला दिदीले संयुक्त रुपमा गरे ।

राष्ट्र बैंकका निर्देशन रेवतीप्रसाद नेपालले राजधानीपछि बुटवल बैंकीङ्ग हवको रुपमा विकास भएको बताए । उनले बुटवल क्षेत्रमा बैकिङ बिकास तीब्र रूपमा भएकोर आर्थिक विकासको लागि प्रवावकारी भमीका बैंकले खेलीरहेको बताए ।

डेभलपमेन्ट बैन्कर्स एसोसिएसनका उपाध्यक्ष तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले विकास बैंकहरु आमजनतासग, गाउँगाउँमा गएर आफ्नो सेवा दिइरहेको हुदा अझै थप सशक्त, सुदृढ र बलियो भएर अगाडि बढ्नुपर्ने बताए ।

बैंक अध्यक्ष सुशील कुमार गोसेलीले ओम डेभलपमेन्ट बैंकले अत्याधुनिक सेवा सहित बुटवलमा कारोबार सुरु गरेको जानकारी दिदै ग्राहकमुखी कार्यक्रमलाई आफुहरुले जोड दिएको बताए ।

प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, बैंकका बुटवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।सो अबसरमा लुम्बिनी बाणिज्य क्याम्पसमा पढ्ने एकजना अति बिपन्न विद्यार्थीको पठनपाठनको लागि प्रत्येक वर्ष क्याम्पसले सिफारिस गरेको बिधार्थीलाइ प्रदान गर्ने गरी बाषिर्क छात्रवृत्ति घोषणा गरि हस्तान्तरण समेत गरेको छ ।

त्यस्तै बैंकले करिब एक दर्जन महिला रिक्सा चालकलाइ मायाको चिनो सहित दोसल्ला ओडाएर सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment