Comments Add Comment

काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

१७ बैशाख, काठमाडौं । धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार, महानगरपालिकाले एक सातादेखि काठमाडैंका कालोपत्रे सडक दमकलबाट पखाल्दै आएको छ । यसक्रममा महानगरपालिकाले दैनिक ६ वटा दमकल सडक पखाल्न परिचालन गरिरहेको छ । रातको ९ बजेपछि काठमाडौंको कालोपत्रे सडक पखाल्ने काम सुरु हुन्छ । रातको १२ बजेसम्म यो क्रम जारी रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment