Comments Add Comment

महाअधिवेशनको तयारीमा नेपाली समाज युएई


३० अप्रील,युएई । युएईको  नेपाली संस्था नेपाली समाज युएईको महाअधिवेशन आगामी जुलाई ७ मा हुने निश्चित भएको छ । यसका लागि गोविन्द ढकालको संयोजकमा पत्रकार महासंघ युएई शाखा र विभिन्न नेपाली संघसंस्थाबाट प्रतिनिधित्व रहने गरी एक निर्वाचन समिति गठन गरिएको छ ।

पार्षद उपेन्द्र राना मगरको सभापतित्वमा सम्पन्न पार्षद भेलामा सुरज भित्रिकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजका अध्यक्ष चन्दप्रसाद सापकोटाले युएईमा कुनै पनि नेपाली संस्था औपचारिक रुपमा दर्ता गर्न गाह्रो नहुने तर युएईमा सक्रिय संस्थाहरुले खासै चासो नदिएका कारण बिलम्ब भएको जानकारी दिए । उनले प्रवासमा रहेका सबै संघसंस्था तथा राजनीति पार्टीका भातृ संगठनहरु सामाजिक कामको निम्ति अग्रसर रहेको र सबैसँग सहकार्य गर्न नेपाली समाज तयार रहेको प्रस्ट पारे ।

सापकोटाले नेपाली समाजले स्थापना गरेको कल्याणकारी कोष सञ्चालनका निम्ति विधान परिमार्जनका लागि आएका उचित सुझावलाई समावेश गरिने बताए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल, नेपाली सोसियल क्लबका अध्यक्ष सालिक सुवेदी एनआरएन आईसीसी सदस्य गोपाल कँडेल, एनआरएन युएईका महासचिव दिपक खड्का, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरु, नेपाली समाजमा आबद्ध संस्थाका प्रतिनिधिहरु तथा सर्वसाधारण नेपालीहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment