+
+

विनोद चौधरीकाे छोराको बिहेमा सलमान खान उपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १७ गते १०:४९


नेपालका धनाढ्य उद्योगपति विनोद चौधरिको छोराको बिहेमा बलिउडका चर्चित नायक सलमान खान समेत निम्ता मान्न पुगेका छन् । चौधरीका छोरा वरुण चौधरीको विवाह आभुषण डिजाइनर राजुमार तोग्याकी छोरी अनुश्रीसँग भएको थियो । विवाह नयाँ दिल्लीको जग मन्दिरमा भएको थियो ।

शुक्रवार रातीदेखि शनिवारसम्म भएको विवाहमा सलमान कालो सुटमा बडीगार्ड सहित उपस्थित भएका थिए भने नव-विवाहित दम्पत्तीलाई शुभकामना दिएर फर्किर्एका थिए ।

उक्त विवाहमा नायक शत्रुघन सिन्हा, रजनीकान्तकी श्रीमति, गायिका लता, श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे, बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद अरसद, फिलिपिन्सका नेता फर्नार्डिड मार्कोस लगायत उपस्थित थिए । फोब्र्सका सीइओ, अध्यक्ष माइकल एस पेरलिस लगायत कमलनाथ र दिग्विजय सिंह जस्ता नेता विवाहमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?