+
+

सलमानलाई लिएर ‘गजनी’ निर्देशकले घोषणा गरे फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १६:०२

काठमाडौं । गत वर्ष रिलिज भएको ‘टाइगर ३’ पछि फ्यान सलमान खानको अर्को ब्लकबस्टर फिल्मको पर्खाइमा छन् । यस्तोमा उनको आगामी फिल्मलाई लिएर महत्वपूर्ण खबर बाहिरिएको छ ।

सलमानले मंगलबार सामाजिक सञ्जालबाट नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो महत्वाकांक्षी प्रोजेक्टका लागि सलमानले निर्देशक आर मुरुगादास र निर्माता साजिद नाडियावालासँग सहकार्य गर्दैछन् ।

यो फिल्मलाई सन् २०२५ को ईदमा ल्याउने उनको तयारी छ । नाडियाडवालासँग सलमानको यो सहकार्य पहिलोपटक भने होइन । उनीहरुले एकसाथ जुडवा, मुझे शादी करोगी, किक जस्ता सुपरहिट फिल्म दिएका छन् ।

तमिल फिल्म निर्देशक आर मुरुगादास गजनी, होलिडे : ए सोल्जर इज नेभर अफ ड्युटीसहित हिट फिल्मले चर्चामा छन् । मुरुगादासले आफ्नो पहिलो हिन्दी फिल्म ‘गजनी’बाट भारतीय बक्स अफिसमा १०० करोड भारु कमाए । नाडियाडवालाले सलमानसँग बनाएको ‘किक’ले २०० भारु करोड कमाएको थियो ।

भारतीय फिल्मका यी तीन हस्ती फिल्ममेकरको सहकार्यबाट पुनः अर्को ब्लकबस्टर आउनेमा फ्यान आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?