+
+
Shares

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते ६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा जलवायु परिवर्तन र संयुक्त राष्ट्रसङ्घीय महासभामा परराष्ट्रमन्त्रीको सहभागिताबारे छलफल हुने कार्यसूची छ।
  • राज्य व्यवस्था तथा सुशासन समिति र विकास समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने छ।
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा जलवायु परिवर्तनले नेपालमा पारेको क्षति र अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनबारे छलफल हुने कार्यसूची छ।

१ असोज, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

आज बिहान साढे ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा जलवायु परिवर्तन सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गर्ने कार्यसूची छ । यसैगरी बैठकमा संयुक्त राष्ट्र सङ्घीय महासभामा परराष्ट्र मन्त्रीको सहभागिता सम्बन्धमा पनि छलफल हुने कार्यसूची छ ।

यसैगरी आज बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समिति र विकास समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने सूची छ ।

यसैगरी आज बिहान सवा ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वयापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भिर क्षति र निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलन लगायत अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धन सम्बन्धमा विषयविज्ञ एवं सरोकारवाला संघसंस्थासँग छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?