+
+

सलमान खानको घरबाहिर ४ राउण्ड फायर, सुरक्षा बढाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १३:१२

काठमाडौं । बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर आइतबार बिहान फायरिङ भएको छ । भारतीय सञ्चारमाध्यमका बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजेतिर दुई मोटरसाइकलमा सवार व्यक्तिले चार राउण्ड फायर गरेका थिए ।

घटनापछि घरको सुरक्षा बढाइएको छ । मुम्बई प्रहरीको अपराध शाखाका अधिकारी अनुसन्धानका लागि त्यहाँ पुगेका छन् । गोलीबारी हुँदा सलमान घरमा थिए । उनलाई यसअघि लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

घटनाको खबर पाएलगत्तै मुम्बई पुलिस, अपराध शाखा र फोरेन्सिक विशेषज्ञको टोली पुगेको थियो । सलमानको घर बाहिर सुरक्षा बढाइएको छ । आक्रमणकारीको पहिचान गर्न नजिकैको सीसीटीभी फुटेज पनि जाँचिएको छ । प्रहरीले शंकास्पदसँग सोधपुछ गरिरहेको छ ।

फोरेन्सिक टोलीले बालकोनीमा गोलीको निशान फेला पारेको छ । अहिलेसम्म दुईवटा गोलीको निशान भेटिएको छ । एउटा बाहिरी पर्खालमा र अर्को बालकनीको पर्खालमा । यो मामिलामा मुम्बई प्रहरीले ग्यालेक्सी अपार्टमेन्टका चारजना चौकीदारको बयान रेकर्ड गरेको छ, जो घटनाको समयमा त्यहाँ उपस्थित थिए ।

मार्च २०२३ मा लरेन्स बिश्नोईबाट धम्की आएपछि सलमान खानको सुरक्षा बढाइएको थियो । उनले महाराष्ट्र सरकारबाट वाई प्लस श्रेणीको सुरक्षा पाएका छन् ।

यसअघि सलमानसँग महाराष्ट्र प्रहरीका कर्मचारी मात्र रहने गर्थे । तर धम्की आएपछि उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको छ । यो सुरक्षा घेरामा ११ जना सैनिक सधैं सलमानसँग रहन्छन्, जसमा एक वा दुई कमाण्डो र २ पीएसओ पनि हुन्छन् । सलमानको गाडी अगाडि र पछाडि स्कर्टिङ गर्न सधैं दुईवटा गाडी हुन्छन् । यससँगै सलमानको कार पनि पूर्णरूपमा बुलेटप्रुफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?