Comments Add Comment

‘हिटलर’ ट्रेलरमा सोहित र सामियाको प्रेम, विछोड र रोमान्स


जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘हिटलर’को ट्रेलर युटुबमा रिलिज गरिएको छ । नेपाली सिनेमा हलहरुमा केही समयदेखि यसको ट्रेलर शो भैरहेको थियो । तर, निर्माणपक्षले भने युटुबमा आइतबार चलचित्रको ट्रेलर रिलिज गरेको हो ।

सौरभ ढकाल निर्देशित यो चलचित्रको ट्रेलरमा मुख्य कलाकारद्धय सोहित मानन्धर र सामिया बर्तौला नै घुमेका छन् । यी दुइको रोमान्स, प्रेम, विछोडका साथमा अर्की नायिका मेनुका प्रधानको आगमन ट्रेलरमा देखाइएको छ । कलाकार ए गुरुङको कमेडी शैलीले पनि दर्शकलाई रमाइलो प्रदान गरेको छ ।

नामकै कारण चर्चामा रहेको यो चलचित्रको ट्रेलरमा उत्कृष्ट लोकेशनहरु देखाइएको छ । चिनिमाया मानन्धरको निर्माणमा तयार भएको यो चलचित्रलाई अष्टनारायण पिक्चर्सले प्रस्तुत गरेको हो । चलचित्रमा लोचन घिमिरेको संगीत, कृष्ण के अच्छामीको कोरियोग्राफी, अरुनराज पौडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।
अष्टनारायण पिक्चर्स र न्यू क्रियटिभ मूभीको प्रस्तुतीमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इन्कर्पोरेटको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।

नामकै कारण चर्चामा रहेको यो चलचित्रको ‘मःम चाउमिन’ बोलको गीत हिट भैसकेको छ । रारा तालको रमणीय स्थानमा खिचिएको एक गीतको भिडियोले पनि चर्चा पाइसकेको छ । निर्देशक तथा पटकथा लेखक सौरभ ढकाल जर्मनका क्रुर शासक हिटलर र चलचित्रको नामविच केही न केही कनेक्शन भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment