गायक केशव भट्टको नयाँ गीत पिपलुको छायाँको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पछिल्लो समयकी ब्यस्त अनि चर्चित मोडल तथा नायिका केकी अधिकारीको अभिनय छ । सुदुर पश्चिमको ठेट कला संस्कृतिको महत्वलाई नजिकबाट केलाएको भिडियोमा केकीलाई बिनोद न्यौपानेले अभिनयमा साथ दिएका छन् ।
भिडियोले प्रेमी जोडीलाई सम्मान गर्दै उमेर पुगेका युवा युवतीले किशोरावस्थामा देखाउने हाउभाउ मार्फत प्रेम आर्कषण नभई सामिप्यता गाँस्ने एउटा माध्यम पनि हो भन्ने कुरालाई देखाउन खाजेको छ ।
जसमा दीपक शर्माकाे संगीत तथा शब्द छ । भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् । पछिल्लो समय सांगीतिक यात्रालाई विशेष समय दिएर लागी परेका गायक भट्टको को फूल जस्तै कोमल माया बोलको गीतले यसअघि राम्रो चर्चा बटुलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4