Comments Add Comment

इ-आर्ट्सले पोखरामा हिमालयन आर्ट क्याम्पको आयोजना गर्दै

१७ वैशाख काठमाडौं । इ आर्टस् नेपालले पोखरामा हिमालयन आर्ट क्याम्पको आयोजना गर्न लागेको छ । बैशाख २२ गते देखि २६ गते सम्म चल्ने यो क्याम्पमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता रहने भएको छ ।

पोखरामा रहेका नेपाल टुरिज्म बोर्डको हलमा यो क्याम्प सञ्चालन हुने भएको छ । साथै क्याम्प सकिएपछि २७ गते भने उक्त क्याम्पका कोरिएका तस्वीरहरु समेत पोखरा आर्ट ग्यालरीमा प्रदर्शनिमा राखिने भएको छ ।

इ आर्टस नेपालका सदस्य आशा डंगोलकाअनुसार यस क्याम्पमा बिदेशी १२ जना कलाकारको सहभागती हुने भएको छ । क्याम्पमा भाग लिन चिन, म्यानमार, भारत, इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड, भियतनाम जस्ता देशहरुबाट कलाकार आउने लागेका छन् ।

विदेशका कलाकारसँग रहेको ज्ञान तथा अनुभव सेयर गर्नको लागि यो कार्यक्रमका आयोजना गरिएको डंगोल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment