+
+

उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरतमा काँग्रेस

विवादित स्थानको उम्मेदवार केन्द्रले नै छान्ने

रासस रासस
२०७४ वैशाख १८ गते ८:५२


१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बेलुका बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिका तथा जिल्लास्थित पार्टीको संयन्त्रले टुङ्गो लगाउन नसकेका स्थानीय तहमा पार्टीका उम्मेदवारको नाम टुङ्गो लगाउने बारेमा वृहत छलफल गरेको छ ।

कांग्रेसले यसअघि महानगरपालिका र उपमहानगरपालिकाको केन्द्रले र बाँकी तहमा जिल्लास्थित पार्टीको संयन्त्र बनाई उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो । तर उम्मेदवार मनोनयनको समय नजिकिँदासमेत अधिकांश स्थानीय तहमा उम्मेदवारको टुङ्गो लागिनसकेका कारण केन्द्रले नै टुङ्गो लगाउने बताइएको छ ।

निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ । काँग्रेसले भोलि सोमबारसम्म निर्वाचन हुने सबै तहमा पार्टीका उम्मेदवारको टुङ्गो लागिसक्ने जनाएको छ ।

वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ ।

बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र काँग्रेस नेतासमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट दिएको राजिनामा सम्बन्धमा समेत वृहत छलफल भएको पार्टी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?