+
+
Shares

कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

दीपक उपाध्याय दीपक उपाध्याय
२०७४ वैशाख १८ गते १४:४०

१८ वैशाख, कैलाली । कैलालीको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारमा गएराति ना. ५ ख ९४१८ नम्बरको ट्रक र लु. ३३ प ८०९७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा टिकापुर नगरपालिका ब्लक नम्बर ९ बस्ने अन्दाजी ३३ वर्षीय केशर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

बोहराको उपचारको लागि सेती अञ्चल अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु प्रहरीले जनाएको छ ।

ठक्कर दिने ना. ५ ख ९४१८ नम्बरको ट्रक र चालक धनबहादुर राना मगरलाई ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक बुढामगरले बताए ।

मृतक बोहरा २ महिना अघि मात्रै कोरियाबाट नेपाल फर्केका थिए । उनकी श्रमिती र २ सन्तान रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

त्यस्तै गएराती नै गोदावरी नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक बेलौरी नगरपालिका-८ कालिकाबस्ती बस्ने वर्ष ४० को सोम बहादुर तामाङ्गको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जादै गरेको ना. ४ ख २११५ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको से. ३ प ८८५९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

ठक्करबाट घाईते भएका तामाङ्गको अत्तरिया स्थित पदमा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि सेती अञ्चल अस्पताल ल्याइएपनि उनको उपचारकै क्रममा राती १२ बजेतिर मृत्यु भएको ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?