Comments Add Comment

मन्त्रीले किन दिए बेहुलीहरुलाई ब्याट ? हिंसा गरेमा लोग्नेलाई रामधुलाई


विवाहमा मानिसहरु बेहुलीलाई विभिन्न खालका उपहारहरु दिन्छन् । तर भारतको मध्यप्रदेशमा भएको एक सामुहिक विवाहमा चाहीँ एउटा अनौठो उपहार चर्चाको विषय बनेको छ ।

मध्यप्रदेश सरकारले केही दिन पहिले सामुहिक विवाह कार्यक्रमको आयोजना गरेको थियो । जसमा करीब एक हजार जोडीले लगन गाँठो कँसे । सामुहिक विवाहमा त्यहाँका एक राज्यमन्त्री पनि सहभागी भए । ती मन्त्रीले त्यस बखत सबै नव विवाहिता बेहुलीहरुलाई उपहारको रुपमा ब्याट प्रदान गरेपछि सबै अचम्ममा परे । मन्त्रीले झण्डै १० हजार गोटा ब्याट वितरण गरे ।

मन्त्रीले बेहुलीहरुलाई ब्याट उपहार दिएको अर्थ कसैले बुझ्न नसकेपछि मन्त्री आफैले ब्याट उपहार दिनुका पछाडिको रहसय खोले ।

मन्त्रीका अनुसार गाउँ गाउँमा महिलामाथि हुने घरेलु हिंसा ठूलो समस्याको रुपमा रहेको छ । बेहु्लीले उपहारमा पाएको ब्याटलाई आफुमाथिको हिंसाको प्रतिरोधमा प्रयोग गर्नेछन् ।

मन्त्री भार्गवका अनुसार जब लोग्ने रातमा रक्सी पिएर घरमा आई पत्नीमाथि कुटपिट गर्ने प्रयास गर्नेछ तब पत्नीले बिहेमा पाएका सोही ब्याट हातमा लिई अत्याचारी लोग्नेमाथि प्रहार गरी आत्मरक्षा गर्नेछिन् । वास्तवमा लोग्नेलाई सबक सिकाउन र उसलाई सुधार्नका लागि यो ब्याट काम आउनेछ ।

कुटपिट गर्ने लोग्नेलाई उसकै भाषामा जवाफ दिनुपर्ने भन्दै मन्त्री भार्गवले घरमा ब्याट भएमा कुनैपनि पत्नीहरु लोग्नेसँग डराउनु नपर्ने बताए । महिलाले चुपचाप अन्याय सहेमा अत्याचारी लोग्नेहरुको मनोबल बढ्ने हुँदा महिलाहरुले कडाईका साथ आत्मरक्षा गर्नुपर्ने मन्त्रीले सुझाएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment