+
+

हेटौंडा र थाहामा कांग्रेस-माओवादी तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १९ गते १६:१०

१९ बैशाख, हेटौंडा । मकवानपुरको हटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गर्ने भएका छन् ।

उम्मेद्वारी दर्ता गराएपछि दुई दलबीच भएको बैठकले दुई स्थानीय तहमा तालमेल गर्ने सहमति जुटाएका हुन् ।

अब हेटौंडा नगरपालिकामा कांग्रेसले मेयरको उम्मेदवारी कायमै राख्ने छ । कांग्रेसका आनन्दराम पराजुलीलाई माओवादी केन्द्रले समर्थन गर्नेछ । त्यसैगरी माओवादीका उपमेयरका उम्मेदवार बलराम बललाई कांग्रेसले सहयोग गर्नेछ ।

त्यसैगरी थाहा नगरपालिकामा पनि कांग्रेस र माओवादीले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । अब माओवादीका लबशेर बिष्ट दुबै पार्टीका साझा उम्मेद्वार हुनेछन् भने कांग्रेसका खड्ग गोपाली उपमेयरका साझा उम्मेद्वार बन्नेछन् ।

यसअघि कांग्रेस र माओवादीले छुट्टा-छुटै उम्मेदवारी दर्ता गराएका थिए । तर, उम्मेदवारी दर्तापछि तालमेलको निर्णयअनुसार दुबै पार्टीले मेयर र उपमेयरको मनोनयन दर्ता फिर्ता गर्नेछन् ।

थाहा नगरपालिकाका १२ वडामध्ये ७ वटा वडा माओवादीले र ५ वटा कांग्रेसले बाँडफाँट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?