+
+
Shares

गृहमन्त्रीले फाइल खोलिदिउँ भन्ने होइन, खोल्ने र अनुसन्धान गर्ने हो : थापा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते २०:३२

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संसद्‌मा निरिह रूपमा प्रस्तुत भएको बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा पत्रकार सम्मेलन गर्दैै थापाले यस्तो धारणा राखेका हुन् ।

उनले भने, ‘सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्नुपर्नेमा उपप्रधान तथा गृहमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका लामिछानेले संसदीय समिति बनाउनु नहुने भनेर निरिहता प्रदर्शन गर्नुभयो ।’

महामन्त्री थापाले आज गृहमन्त्रीको प्रस्तुतिले उनी टेलिभिजन प्रस्तोता हुन् कि गृहमन्त्री भनेर अन्योल भएको बताए । थापाले भने, ‘टेलिभिजन प्रस्तोता हुँदा उहाँले प्रश्न सोध्नुहुन्थ्यो । विषयहरू उठाउनु हुन्थ्यो । आज त्यही गर्नुभयो । गृहमन्त्रीको काम यो हाेइन ।’

महामन्त्री थापाले अगाडि भने, ‘गृहमन्त्रीले तेरो फाइल खोलिदिउँ, तेरो अनुसन्धान गरिदिउँ, भन्दै चर्किने होइन । धमाधम फाइल खोल्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?