Comments Add Comment

दूधे बालकसहित दुई दिन हिँडेर उम्मेदवारी दर्ता, गाउँ विकास गर्ने छ ठूलो सपना


२० वैशाख, काठमाडौं । काखैको पाँचमहिने दूधे बालकलाई साथै लिएर मनाङको विकट बस्ती फू गाउँकी सोनाम सिची लामा सदरमुकाम चामे आइपुगेकी छन् । उनी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवारी दिने गरी फूदेखि दुई दिन लगाएर सदरमुकाम चामे आइपुगेकी हुन् ।

नार फू गाउँपालिकाकी लामाले विकट बस्तीमा विकासे योजना पुर्याउने लक्ष्यका साथ गाउँपालिकाको महिला सदस्यमा उठ्ने निर्णय गरेको बताइन् ।

तीनवटा वडा रहेको नार र दुई वडा रहेको फूमा हतपत सरकारी कर्मचारी नपुग्ने गरेको उनको गुनासो छ । उनले सरकारी कार्यालयको कामकाजका लागि घटीमा दश दिनको समय छुट्याएर सदरमुकाम जानुपर्ने बाध्यता रहेको बताइन् । सरकारले विकट क्षेत्रलाई हेरेर गाउँपालिका बनाइदिएकोमा लामाले नार फू गाउँपालिकाको तर्फबाट सरकारलाई धन्यवादसमेत दिएकी छन् । लामाले नेपाली कांग्रेसको तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी हुन् ।

आफ्नी श्रीमती नार फू गाउँपालिकाको सदस्यमा उठ्ने भएपछि लामाकी श्रीमान् साङधोर्जे लामा पनि उत्तिकै खुसी भएको आजको बुधबार साप्ताहिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment