+
+

२२ वर्ष पुगेको एभरेष्टबाट पञ्जाब बैंकले ‘सर्वसाधारण’ मा सेयर परिणत गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २० गते ११:४५


२० बैशाख, काठमाडौं । हालै राष्ट्रपतिबाट प्रमाणित भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को नयाँ व्यवस्था अवलम्बन गर्दै एभरेष्ट बैैंकमा संयुक्त लगानी रहेको पञ्जाब नेशनल बैंकले सर्वसाधारणमा सेयर परिणत गर्ने भएको छ ।

संस्थापक समूहमा रहेको पञ्जाबी बैंकको २०.०५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण समूहमा रहने गरि परिणत गर्न लागिएको हो । बैंकले आज (बुधबार) को वार्षिक साधारण सभामा यो प्रस्ताव लिएर गएको छ ।

नयाँ बाफियाले १० वर्ष पुगेको बैंक तथा वित्तीय संस्थाबाट संस्थापकले सर्वसाधारण समूहमा सेयर परिवर्तन पाउने छुट दिएको छ । २०५१ कात्तिक १ गते एभरेष्ट बैंक सञ्चालनमा आएको थियो ।

पञ्जाब नेशनल बैंकले आफनो लगानी नथप्ने उदेश्यले सर्वसाधारणमा सेयर परिवर्तन गर्न लागेको देखिन्छ । बैदेशीक लगानीकर्ताले संस्थापक सेयरको रुपमा लगानी गर्दा कम्तिमा २० प्रतिशत स्वामित्व रहेकै हुनुपर्ने व्यवस्था छ ।

तर, नयाँ चुक्ता पुँजीको निर्देशन अनुसार ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले मर्जर/एक्विजिशन वा एफपीओ जुन उपाय अवलम्बन गरेपनि पञ्जाव नेशनल बैंकको स्वामित्व बढ्ने अवस्था रहदैन् । अन्य कुनै विकल्पमा नगई बोनस सेयर जारी गरेको खण्डमा लगानी नथपेर नै स्वामित्व कायम रहने थियो भने हकप्रद जारी गर्दा स्वामित्व पुगेपनि थप लगानी गर्नुपर्ने हुन्थ्यो ।

बैंकले अहिले मर्जर वा एक्विजिसनबाट चुक्ता पुँजी वृद्धि गर्ने योजना बनाएको छ । बैंकको साधारण सभाले पञ्जाव नेशनल बैंकको स्वामित्व परिवर्तनको एजेण्डा पारित गरेमा के हुने भन्ने दुविधा भने रहेको छ । राष्ट्र बैंकको अनुमति बिना संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न नपाइने भएपनि यसअघि बार्षिक साधारण सभाले गरेको निर्णयलाई राष्ट्र बैंकले उल्टाउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?