+
+

उपेन्द्र यादवको मागः दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन गरियोस्

'राप्रपा सांसद प्रकरण र महाअभियोग प्रतिगामी षडयन्त्र'

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २० गते १५:१०

२० बैशाख, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय चुनाव अगावै संविधान संशोधन हुनुपर्ने माग गरेका छन् ।

सरकारले दोस्रो चरणको चुनावअगावै संविधान संशोधन गर्ने वचन दिएकाले आफूहरु निर्वाचनमा सहभागी भएको यादवले स्पष्ट पारे ।

बुधबार तीनकुनेस्थित फोरमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता यादवले भने- ‘सरकारसँग दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन गर्ने सहमति भएकाले हामीले पहिलो चरणमा उम्मेदवारी दिएका हौं, अब सरकारले आफ्नो प्रतिवद्धता पूरा गरोस् ।’
आफूहरुले चुनावमा भाग लिए पनि पार्टीका एजेण्डा नछाडेको नेता यादव बताए ।

‘प्रतिगामी षड्यन्त्र’

संघीय गठबन्धनका नेता यादवले संविधान संशोधन विरुद्ध राप्रपाका १० जना सांसदलाई अनुपस्थित गराइनु प्रतिगामी षडयन्त्र भएको बताए ।

त्यसैगरी संविधान संशोधनको पूर्वसन्ध्यामा ल्याइएको प्रधानन्ययाधीश माथिको महाअभियोगलाई पनि यादवले त्यस्तै अर्को षड्यन्त्रको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?