२० बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
अधिवक्ता सुुनिलरञ्जन सिंहले बुधबार दायर गरेको रिटमा महाअभियोगसम्वन्धी सबै कारबाही रोक्न माग गरिएको छ ।
अदालतको फैसलालाई टेकेर महाअभियोग लगाउन नसकिने भन्दै रिटमा महाअधियोग लगाउने परिपक्क आधार नै नभएको उल्लेख छ । साथै अदालतलाई स्वतन्त्र काम गर्न दिनु पर्ने, अन्यथा अदालत निर्देशित न्यायालय बन्न जाने रिट निवेदकको तर्क छ ।
रिटको पेशी भोलि तोकिएको छ ।
सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4