Comments Add Comment

‘साकुरा नाईट-२’ मा नलिनाकाे छड्के सलाम (तस्वीरसहित)

सन्दिपले हँसाए, प्रमोदले झुक्काएपछि कार्यक्रममा केहीबेर तनाब

४ मे, टोकियो । नलिना चित्रकार जब श्री गायत्री मन्त्र गाउँदै स्टेज प्रवेश गरिन अनि सुरु भयो दर्शकहरुको वाहवाही ।

१४ वर्षपछि दोस्रो पटक जापानमा आएकी सदावहार गायिका चित्रकारले ‘साकुरा नाईट-२’ मा दर्शकहरुलाई एकपछि अर्काे प्रस्तुति राख्दै भरपूर मनोरञ्जन दिइन ।

सुर्य कर्पोरेशन र गृष्मा इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा नाकानो जिरो हलमा सम्पन्न उक्त कार्यक्रममा सुमुधुर स्वरीकी धनी गायिका चित्रकारले गायत्री मन्त्र सकिन नपाउँदै दर्शकको अनुरोधमा आफ्नो चर्चित गीत ‘पानी पानी भयो मेरो मन पनि’ गाउँदा युवायुवतीहरुले उनकै लयमा ताली बजाउँदै स्वर मिलाउन थाले ।

हरेक कार्यक्रममा दर्शकमाझ पुगेर दर्शकलाई स्टेजतिर ध्यान केन्द्रित गराउन सफल चित्रकारले ‘साकुरा नाईट-२’ मा आफ्ना चर्चित आधा दर्जन गीत मार्फत उपस्थित युवायुवतीहरुलाई संगीतको नशामा झुमाईन् ।

‘चाहिदैन हिरा र मोती’,’सिमसिमे पानीमा’,’सालको पात टपरी गाँसेर’, ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ लगायतका गीत गाउँदै उपस्थित युवायुवतीहरुलाई छमछमी नचाईन् ।

त्यस्तै चर्चित टेलिकार्यक्रम ‘ह्वाट दी फ्लप’ का प्रस्तोता हाँस्यकलाकार सन्दिप क्षेत्रीको प्रस्तुतिमा उपस्थित दर्शकहरु निकैबेर हाँस्न बाध्य बने ।

पहिलो पटक कार्यक्रमको शिलशिलामा जापान आएका क्षेत्रीले ‘साकुरा नाईट-२’ मा बिचबिचमा विभिन्न ठट्टा गर्दै नेपाली समुदायमा देखिएका समस्याहरुलाई आकर्षक तरिकाले आफ्नो प्रस्तुतीमा समाबेश गरेका थिए ।

गोल्डेन वीकको अवसर पारी मानवसेवा आश्रम सहयोगार्थ आयोजना गरिएको ‘साकुरा नाईट-२’ मा उद्घोषक नरेश भट्टराईको आकर्षक प्रस्तुतीदेखि जापानमै रहेका नृत्याङ्गना रोशनी थापामगर, लक्ष्मी के.सी र राजेश के.सीसम्मको आकर्षक नृत्यले कार्यक्रममा उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

प्रमोद खरेल नआएपछि तनाव

कार्यक्रममा युवाहरुको ढुकढुकी चर्चित गायक प्रमोद खरेलको उपस्थिती नभएपछि टोकियोमा रहेका गायक खरेलका फ्यान र आयोजकवीच कार्यक्रममै केहीबेर तनाब सिर्जना भयो । युवायुवतीको बाक्लो उपस्थिती रहेको त्यो भीडलाई सम्हाल्न आयोजकलाई केहीबेर असहज बन्यो ।

तर, आयोजकले गायक खरेलकै उपस्थितीमा टोकियोमा फेरी अर्को हप्ता कार्यक्रम गर्ने भनेर दर्शकहरुलाई आश्वासन दिएपछि दर्शकहरु पुनः कार्यक्रममै रम्न थालेका थिए ।

प्रमोदले माफि मागे

गायक प्रमोद खरेल ‘साकुरा नाईट-२’ टोकियो शो सकिएको केही घण्टापछि जापान आइपुगेका छन् । जापान आइपुगेपछि खरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रममा भएको असुविधाप्रति टोकियोमा रहेका आफ्ना फ्यानहरुसँग माफी मागेका छन् ।

उनले अर्को हप्ता हुने ‘साकुरा नाईट-२’को टोकियो दोस्रो शोमा उपस्थित हुन आफ्ना सम्पूर्ण फ्यानहरुलाई अनुरोध गरेका छन् ।

‘साकुरा नाईट-२ जापान २०१७’ को पहिलो टोकियो शो सकिएसँगै मे ४ तारिख नागोया, मे ५ तारिख ओसाका र मे ७ तारिख फुकुओकामा हुने सूर्य कर्पोरेशनका व्यवास्थापक बासुदेव लामिछाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment