+
+
Shares

ललितपुरमा कांग्रेस-माओवादी तालमेल भएन

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते १६:३०

२१ बैशाख, काठमाडौं । ललितपुर उपमहानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रवीचको तालमेलको प्रयास असफल भएको छ ।

विहीबार अपरान्हसम्म पनि तालमेलको प्रयास गर्दा पनि सहमति नभएपछि ललितपुर उपमहानगरमा कांग्रेस र माओवादी एक्लाएक्लै चुनावमा भिड्ने भएका छन् ।

काठमाडौं, पोखरा र भरतपुरसमेत तीनवटा महानगरपालिकामा केन्द्रीय स्तरबाटै कांग्रेस र माओवादीवीच तालमेल गर्ने सहमति भएको छ ।

काठमाडौं र पोखरामा माओवादीले कांग्रेसलाई मेयरमा सघाउने र भरतपुरमा कांग्रेसले माओवादीलाई मेयरमा सहयोग गर्ने गरी तालमेल भएको हो ।

सहमतिअनुसार पोखराबाट माओवादी मेयरका उम्मेदवार विश्वप्रकाश लामिछाने र भरतपुरबाट कांग्रेसका मेयर उम्मेदवार दिनेश कोइरालाले उम्मेदवारी फिर्ता लिएका छन् । भरतपुरको उपमेयरका प्रत्यासी सुरेन्द्र गुरुङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?