Comments Add Comment

कांग्रेस-माओवादी चुनावी तालमेलप्रति कृष्ण सिटौलाको असहमति

आफ्नो गुटका उम्मेदवारलाई फिर्ता गराउन लागिएको गुनासो

२१ बैशाख, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच महानगरपालिकामा हुन लागेको चुनावी गठबन्धनप्रति कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले असहमति व्यक्त गरेका छन् । आफू निकट दिनेश कोइरालाको टिकट खोसेर प्रचण्डपुत्री रेणु दाहाललाई मेयर बनाउन लागिएपछि सिटौलाले पार्टी बैठकमै आपत्ति जनाएका हुन् ।

तालमेलको खबर आउनासाथ चितवनमा कांग्रेस कार्यकर्ताले शेरबहादुर देउवाको विरोधमा नारावादी, जुलुस प्रदर्शन र पुत्ला दहनसमेत गरेका छन् ।

भरतपुर माओवादीलाई दिएर काठमाडौं र पोखरा आफूले लिने सहमति अनुमोदन गराउन खोज्दा सिटौलाले आफ्नो पार्टीको उम्मेदवारलाई निकालेर माओवादीलाई नदिन देउवालाई आग्रह गरेका थिए । सिटौला निकट एक नेताका अनुसार उनले तालमेल गर्ने भए

उम्मेदवारी मनोनयन अघि नै यस विषयलाई टुंग्याउनु पथ्र्यो भन्ने भनाई उनले बैठकमा राखेका थिए । देउवाले भने सत्ता गठबन्धनलाई अझ बलियो बनाउन प्रचण्डकी छोरीलाई मेयरमा समर्थन जनाउँदा लामो समय सहकार्य हुनसक्ने भएकाले यसमा अडान नलिन आग्रह गरेको स्रोतले जनाएको छ ।

सिटौला बाहेक रामचन्द्र पौडेल पक्षका नेताले भने देउवालाई साथ दिएका छन् । किनकि काठमाडौंको मेयरमा पौडेल समूहका राजुराज जोशीले टिकट पाएका छन् भने पोखरामा देउवाव समूहका रामजी कुँवरले पाएका छन् ।

भरतपुरमा सिटौला समूहका कोइरालाले टिकट पाएका छन् । ललितपुरमा पनि देउवा समूहकै चिरिबाबु महर्जनले टिकट पाएका छन् । सिटौलाले कांग्रेस पहिलो शक्ति भएको ठाउँमा आफ्नो पार्टीको कार्यकर्ताको टिकट खोसेर माओवादीलाई दिनु भनेको इतिहासकै गम्भिर गल्ती हुने चेतावनी देउवालाई दिएका छन् ।

याे पनि पढ्नुस

माओवादीसँग तालमेलको विरोधमा चितवन कांग्रेसका कार्यकर्ताको प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment