Comments Add Comment

कसरी छिरे ज्यूँदो मान्छेको जिउभित्र ७५ वटा किला ?

ज्यूँदो मान्छेको जिउभित्र ७५ वटा फलामे किला भेटिएको कुरा सुन्दैमा जिउ सिरिङ्ग भयो होला हैन ? जिउभित्र ७५ वटा किला छिर्दा पनि मान्छे ज्यूँदै रहला ल ? भन्नुहोला ।

तर भारतको राजस्थानमा एकजना यस्तै मानिस भेटिएका छन् । अझ रोचक त के भने आफ्नो जिउभित्र ७५ वटा किला रहेको कुरा ती व्यक्ति स्वयंलाई थाहै थिएन ।

राजस्थानको कोटाका बासिन्दा ५६ वर्षीय बद्रीलाल मिणा रेलवेका कर्मचारी पनि हुन् । उनलाई लामो समयदेखि हात खुट्टा दुख्ने समस्याले पिरोलिरहेको थियो । उनले यो समस्यालाई लिएर कोटाका डाक्टरहरुसँग चेकजाँच गराए । उनको स्वास्थ्य परीक्षण गर्ने क्रममा डाक्टरहरु मात्र होइन उनीपनि तीनछक्क परे । डाक्टरहरुले उनको जिउभित्र किला भएको पत्ता लगाए ।

त्यसपछि उनलाई मुम्बइको एक अस्पतालमा भर्ना गरियो । त्यहाँ थप परीक्षण पश्चात उनको जिउमा ७५ वटा किला भएको पत्ता लाग्यो ।

४० वटा किला उनको घाँटीमा थिए । त्यस्तै २५ वटा दायाँ खुट्टामा, १० वटा किला दुबै हातमा भेटिए । यो देखेर डाक्टरहरु पनि हैरान भए ।

डाक्टरहरुले जिउभित्र कसरी किला घुसे ? भनेर बद्रीलाललाई सोधे । तर बद्रीलालले आफुलाई जिउमा किला पसेको थाहा नभएको र जिउभित्र कहाँबाट किला आए भन्ने कुरामा अन्जान रहेको बताए ।

अझ अनौठो त के भने उनको जिउमा कहीँपनि किला बिझेको वा गडेको घाउ वा खत छैन । अब शल्यक्रिया गरी उनको जिउभित्रका सबै किला निकालिनेछ ।

बद्रीलाल मधुमेहका रोगी भएको हुनाले किला निकाल्ने वृहत शल्यक्रियाका लागि अलिक जटिलता उत्पन्न भएकेा छ र त्यसका लागि ठूलो तयारी र योजना बनाउनुपर्नेछ डाक्टरहरुले ।

आफ्नो जिउभित्र यत्रतत्र किला भएको थाहा पाएपछि बद्रीलाल झनै तर्सिएका छन् । उनको जिउ सहनै नसक्ने गरी दुखेको अनुभव भएको छ उनलाई ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment